सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको फाइनलमा लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।
एनपीएल इतिहासमा यी दुई टोलीले लगातार दोस्रोपटक फाइनल खेल्दै छन् । दोस्रो सिजनको फाइनलमा दुवैको भेट हुँदा लुम्बिनी ६ विकेटले विजयी भएको थियो ।
प्रकाशित: ५ मंसिर २०८३ १७:०१ शनिबार





