१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

सुदूरपश्चिम दबाबमा, ४४ रनमै पाँचौँ विकेट गुम्यो

नेपाल प्रिमियर लिग(एनपिएल)को जारी फाइनल खेलमा सुदूरपश्चिम रोयल्स चर्को दबाबमा परेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको रोयल्सको टोलीले ११ औँ ओभर चलिरहँदा ५ विकेट गुमाइसकेको छन्। हालसम्म ४४ रन मात्रै जोडेको छ।  

भर्खरै लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले लगातार बलमा दुई विकेट लिएका छन्। पहिले रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको विकेट लिएका उनले त्यसपछिको बलमा दीपक बोहराको विकेट लिएका छन्।

प्रकाशित: २७ मंसिर २०८२ १६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App