नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको सुरुवात निकै खराब भएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमले सुरुवाती ६ ओभरको पावरप्लेभित्रै शीर्ष चार विकेट गुमाएको हो।
लुम्बिनी लायन्सका बलरहरू पूर्ण रूपमा हाबी भएको पावरप्लेमा सुदूरपश्चिमले मात्र ३८ रन जोड्न सक्यो।
सुदूरपश्चिमले ३.१ ओभरमा २४ रन हुँदा ओपनर विनोद भण्डारीलाई ९ रनमा गुमाएको थियो।
त्यसपछि पाँचौँ ओभरमा किशोर महतोले लगातार झट्का दिँदै आरिफ शेखलाई शून्य र ब्रेन्डन म्याकमुलनलाई २ रनमा आउट गरे।
लगत्तै छैटौं ओभरको चौथो बलमा अर्का ओपनर सैफ जैब १३ रन बनाएर साड्ली भान साल्कविकको बलमा पेभेलियन फर्किए।
पावरप्लेमा लुम्बिनीका किशोर महतोले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। यस्तै, शेर मल्ल र साड्ली भान साल्कविकले १-१ विकेट हात पारेका छन्।
हाल सुदूरपश्चिमले ६.१ ओभरमा ४ विकेट गुमाएर ४० रन बनाएको छ। क्रिजमा कप्तान दीपेन्द्रसिंह ऐरी ८ रन र ईशान पाण्डे क्रिजमा संघर्ष गरिरहेका छन्।
प्रकाशित: ९ कार्तिक २०८३ १७:४१ सोमबार



-600x400.jpg)

