९ कार्तिक २०८३ सोमबार
image/svg+xml
खेल

१० ओभरमै सुदूरपश्चिम संकटमा: ५८ रन जोड्दा ७ विकेट चट्, शेर मल्ल चम्किए

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ पूर्ण धराशायी भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमले १० ओभरको खेल सकिँदा ७ विकेट गुमाएर मात्र ५८ रन जोड्न सकेको छ।

दसौं ओभरमा लुम्बिनी लायन्सका स्पिनर शेर मल्लले सुदूरपश्चिमलाई लगातार दुई झट्का दिए। उनले ९.२ ओभरमा विदेशी खेलाडी शेरफेन रदरफोर्डलाई व्यक्तिगत १ रनमै आसिफ शेखको हातबाट क्याच गराए। लगत्तै ९.४ ओभरमा अर्का विदेशी खेलाडी स्कट कुगेलेइनलाई खाता खोल्न नदिई एलबीडब्लूको धरापमा पारे।

यसअघि ओपनर विनोद भण्डारी ९, आरिफ शेख शून्य, ब्रेन्डन म्याकमुलन २, सैफ जैब १३ र ईशान पाण्डे ७ रनमा आउट भइसकेका छन्।

हाल क्रिजमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी १७ रन र अनिल खरेल १ रन बनाएर खेलिरहेका छन्। लुम्बिनीका लागि घातक बलिङ गरेका शेर मल्लले ३ ओभरमा मात्र १० रन दिएर ३ विकेट लिइसकेका छन् भने किशोर महतोले २ तथा साड्ली भान साल्कविक र तिलक भण्डारीले १-१ विकेट हात पारेका छन्।

प्रकाशित: ९ कार्तिक २०८३ १८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App