४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल विद्यालय खेलकुद महासंघ ( एनएसएसएफ) को संयुक्त आयोजनामा आइएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा हुने भएको छ ।  

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ), नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान), एनएसएसएफ, नेपालय इन्टरनेसनल तथा आइएसएफ एकेडेमी नेपालको सहकार्यमा यो तालिम आयोजना गर्न लागिएको हो ।  

तालिम आगामी माघ ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । तालिम कार्यक्रम सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलमा हुने आयोजकले जानकारी दिएको छ ।  

विद्यालय तहमा कार्यरत खेलकुद शिक्षक तथा प्रशिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना खेल काइनेसियोलोजी तथा बायो-मेकानिक्स, खेल चिकित्सा तथा फिजियोथेरापी, खेल व्यवस्थापन, बाल मनोविज्ञान, डोपिङ नियन्त्रण तथा खेलकुदमा सुरक्षाका विषय समेटिनेछन् ।  

यस्तै अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ), नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान), एनएसएसएफ, नेपालय इन्टरनेसनल तथा आइएसएफ एकेडेमी नेपालको सहकार्यमा तालिम आयोजना गर्न लागिएको हो ।  

तालिममा करिब २५० जना सहभागी रहनेछन् । यो तालिममा खेलविज्ञान, खेल प्रशिक्षण विज्ञान, तालिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद संघसंस्था, खेलाडीको सेवा निवृत्तिपछिको शारीरिक अवस्था तथा किशोरावस्थामा खेलकुदजस्ता विषयमा समेत प्रशिक्षण प्रदान गरिने जनाइएको छ । तालिमका प्रशिक्षकहरू विभिन्न विश्वविद्यालयका प्राध्यापक, सह-प्राध्यापक, उप- प्राध्यापक, वरिष्ठ प्रशिक्षक तथा खेलकुद क्षेत्रका विज्ञ रहनेछन् ।  

तालिममा सहभागी हुन इच्छुक खेल शिक्षक तथा प्रशिक्षकले २०८२ माघ २ गतेभित्र आवेदन फारम बुझाउनुपर्नेछ । सहभागीका लागि २ हजार शुल्क तोकिएको छ । त्यसमा प्रमाणपत्र, लाइसेन्स तथा प्रशिक्षण शुल्क समावेश गरिएको एनएसएसएफका महासचिव राजकुमार कार्कीले जानकारी दिए ।

प्रकाशित: २७ पुस २०८२ १५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App