२५ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

स्पेनिस ला लिगा : बार्सिलोना र रियल मड्रिड विजयी, आज चार खेल हुँदै

स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडले जित निकालेका छन्। बार्सिलोनाले गेटाफेलाई पराजित गर्दा रियल मड्रिडले भिल्लारियल तथा एट्लेटिकोले डेपोर्टिभो आलाभेसलाई हराएका छन्।

ला लिगाअन्तर्गत बार्सिलोनाले गेटाफेलाई ३-० गोलले पराजित गर्‍यो। यस्तै, रियल मड्रिडले भिल्लारियललाई १-० गोलले हराउँदा एट्लेटिको मड्रिडले आलाभेसविरुद्ध २-१ गोलको जित निकालेको छ। मालागा र इस्पान्योलबीचको खेल भने १-१ गोलको बराबरीमा सकिएको थियो।

आज पनि ला लिगामा चार खेल हुँदैछन्। नेपाली समयअनुसार एल्चे र सेल्टा भिगोबीच साँझ ५ः४५ बजे, रियल सोसिडाड र डेपोर्टिभोबीच राति ८ः०० बजे तथा रियल बेटिस र ओसासुनाबीच राति १०ः१५ बजे खेल हुनेछ। रेसिङ सान्टान्डर र भ्यालेन्सियाबीचको खेल भने सोमबार बिहान १२ः४५ बजे सुरु हुनेछ।

गएरातिको नतिजाले उपाधि दौडलाई थप रोचक बनाएको छ। बार्सिलोनाले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै महत्वपूर्ण तीन अंक जोडेको छ। रियल मड्रिड र एट्लेटिको मड्रिडले पनि जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने प्रयास गरेका छन्।

प्रकाशित: २५ आश्विन २०८३ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App