जय ट्रफी इलिट कप क्रिकेट प्रतियोगितामा अर्को संस्करणदेखि ६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले एक प्रेस विज्ञप्ती जारी गर्दैआगामी संस्करण देखि प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने जनाएको हो।
यसअघि प्रधनामन्त्री क्रिकेट कपको शीर्ष ४ टोलीले जय ट्रफी खेल्ने प्रावधान थियो।
अहिले सम्म प्रतियोगीताको दुई सिजन खेलिएको छ। जसमा नेपाल पुलिस क्लबले दुवै पटक जय ट्रफीको उपाधि जितेको छ।
प्रकाशित: २७ चैत्र २०८२ १२:१५ शुक्रबार





