११ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

‘सी’ डिभिजन लिग छनोटको खेल तालिका सार्वजनिक

आगामी मसिंर ४ गतेबाट सुरु हुने सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटको खेलतालिका सार्वजनिक भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार सातदोबाटोस्थित घरेलु फुटबलको तेस्रो डिभिजन लिगको खेलतालिका सार्वजनिक गरेको हो। एन्फा कम्प्लेक्समा क्लबका प्रतिनिधिबीच गोलाप्रथामार्फत खेलतालिका सार्वजनिक भएको थियो। लिग आगामी मंसिर २८ गतेसम्म चल्नेछ।

हरेक दिन लिगका तीन खेल हुनेछन्। उद्घाटन खेलमा नेपालगन्ज एघार स्पोर्ट्स क्लब र पाथीभरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने तालिका छ। उक्त खेल बिहान ९ बजे हुनेछ। कुल ३९ क्लबलाई १३ समूहमा विभाजन गरिएको छ।

राउन्ड रोबिन खेलपछि समूहको शीर्ष स्थानमा रहने टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। यीमध्ये समूह ‘सी’ को विजेता सोझै क्वार्टरफाइनलमा प्रवेश गर्ने समीकरण छ। गोलाप्रथामा समूह ‘सी’ भाग्यशाली बनेको हो। नकआउट अन्तिममा चार टोली अन्तिम चारमा प्रवेश गर्नेछन्। सेमिफाइनल विजेता टोली आगामी ‘सी’ डिभिजन लिगका लागि छनोट हुनेछन्।

प्रकाशित: २७ कार्तिक २०८२ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App