२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

साफ यू-१७ महिला च्याम्पियनसिप: नेपालले अन्तिम खेल खेल्दै

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग अन्तिम खेल खेल्दै छ।

आइतबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेल बेलुका ५:४६ बजेदेखि हुनेछ। नेपाल यसअघि नै साफ यू- १७ महिला च्याम्पियनसिपकाे हाेडबाट बाहिरिसकेकाे छ।

नेपालले भुटानसँग खेल्दै आज साफकाे यात्रा टुंगाउने छ।

जारी प्रतियोगिता राउन्ड राेविनकाे आधारमा भएकाे हाे। जसमा नेपालले हालसम्म खेलेकाे ५ खेलमा एउटा खेलमा मात्र जित हासिल गरेकाे छ। जसमा नेपालले भुटानलाई मात्र हराउन सक्यो।

नेपाल आज पुन:भुटानलाई हराउने दाउसहित मैदान उत्रिने छ। यसअघि भारतले एक खेल अगाडि नै उपाधि जितिसकेकाे छ।

प्रकाशित: १५ भाद्र २०८२ ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App