१७ माघ २०८२ शनिबार
image/svg+xml
खेल

एसियन पावरलिफ्टिङमा रुबी र पुनमलाई स्वर्ण

नेपालकी रुबी श्रेष्ठ र पुनम चौधरीले एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको ओपन पावरलिफ्टिङमा विधामा स्वर्ण जितेका छन्।

भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा शुक्रबार भएको च्याम्पियनसिपको ओपनतर्फ रुबीले ५३ केजी तौलसमूह र पुनमले ५८ केजी तौलसमूहमा स्वर्ण जितेका हुन्। रुबीले नेपालकै रोमिका न्यौपाने र कल्पना खत्रीलाई पछि पारिन्। रोमिकाले रजत र कल्पनाले कांस्य पदक जिते। पुनमले नेपालकी झरना योञ्जन र श्रीलंकाकी एसिथी धर्माविमलालाई हराइन्।

नेपाली युथ फिटनेस एन्ड केलिसेनिक्सको च्याम्पियनसिपमा पुनमले प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको तर्फबाट १० लाख बराबरको जीवन बीमा प्राप्त गरिन्। पदक वितरण समारोहको अवसरमा विजेताहरूबाट लक्की ड्रमार्फत पुनमले एक वर्षका लागि उक्त जीवन बीमा प्राप्त गरेका हुन्। ४८ तौल समूहमा श्रीलंकाकी हिरूनी जयासिंघेले स्वर्ण पदक जितिन्।

खुलातर्फ नै पुरुष ६२ केजी तौलसमूहमा नेपालका किरण सुवालले स्वर्ण पदक जिते। यस विधामा नेपालकै दिकेश शिख्राकरले रजत र निमेष छुकनले कांस्य पदक जिते। विजेता खेलाडीहरूलाई वल्र्ड पावरलिफ्टिङका अध्यक्ष रोबर्ट विल्क्स, नेपाल शारीरिक सुगठन संघका महासचिव दिनेश राजभण्डारी र आयोजक संस्थाका अध्यक्ष शुकदेव कार्कीले पुरस्कार वितरण गरेका हुन्।

नेपालमा पहिलोपटक एसियन पावर लिफ्टिङ च्याम्पियनसिप भएको हो। प्रतियोगितामा नेपालसहित भारत, अष्ट्रेलिया, श्रीलंका, पाकिस्तान लगायत एसियाली मुलुकबाट एक सय २० बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगितामा पावरलिफ्टिङ, बेन्च प्रेस वन्ली र डेडलिफ्ट वन्ली गरी तीन विधामा प्रतिस्पर्धा भइरहेको छ। कसल विधामा १६ वटा तौलसमूहलाई समावेश छ। कुल १ हजार १ सय ५२ वटा फरक समूहमा सहभागी खेलाडीबीच तीन दिनसम्म प्रतियोगितामा प्रतिस्पर्धा हुँदै छ।

प्रकाशित: ३१ श्रावण २०८२ ०८:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App