२७ श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

बुबा गुमाएर विक्षिप्त बनेका मेस्सीलाई रोनाल्डोले भने- म तिम्रो साथमा छु

बुबाको निधनको पीडामा रहेका अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीलाई उनका चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले समवेदना प्रकट गर्दै ढाडस दिएका छन्।

मैदानभित्रका वर्षौँ पुराना प्रतिस्पर्धालाई एकातिर पन्छाउँदै रोनाल्डोले सामाजिक सञ्जालमार्फत मेस्सीप्रति ऐक्यबद्धता र सहानुभूति जनाएका हुन्।

मेस्सीले आफ्ना बुबाप्रति समर्पित गर्दै लेखेको भावुक पोस्टमा प्रतिक्रिया दिँदै पोर्चुगिज स्टार रोनाल्डोले लेखेका छन्, ‘यो कठिन समयमा तिमी र तिम्रो परिवारलाई मेरो तर्फबाट ठूलो अङ्कमाल छ, लियो। बलियो भएर बस, म तिम्रो साथमा छु।’

यसअघि मेस्सीले आफ्ना बुबाको निधनमा शोक व्यक्त गर्दै एक भावुक श्रद्धाञ्जली पोस्ट राखेका थिए। जसमा उनले बुबाको अभावमा आगामी दिनमा फुटबल यात्रालाई निरन्तरता दिन शङ्का रहेको समेत उल्लेख गरेका थिए।

प्रकाशित: २७ श्रावण २०८३ १९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App