३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
खेल

ओमानविरुद्ध रोहित पौडेलको पनि अर्धशतक

आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध नेपालका रोहित पौडेलले पनि अर्धशतक बनाएका छन्।

रोहितले ६१ बलमा एक छक्काको सहयोगमा ५० रन बनाएका हुन्।

यसअघि अलराउण्डर दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए। उनले ४८ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ५३ रन बनाएका हुन्।

यस्तै, देव खनालले पनि अर्धशतक बनाएका थिए। देवले ६५ बलमा ५७ रन बनाएका थिए।

ताजा स्थितीमा नेपालले ४२.२ ओभरमा तीन विकेट गुमाएर २०५ रन बनाएको छ।

प्रकाशित: २ कार्तिक २०८३ १४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App