३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
खेल

ओमानविरुद्ध ८० रन बनाउँदै रोहितले पूरा गरे हजार रन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेलले आइसिसी क्रिकेट विश्वकप लिग-२ मा एक हजार रन पूरा गरेका छन्।

उनले सोमबार ओमानविरुद्धको खेलमा यो उपलब्धि हासिल गरेका हुन्। ओमानको अल अमेरत क्रिकेट ग्राउन्डमा जारी लिग-२ को अन्तिम खेलमा रोहितले ८१ बलमा ८० रन बनाए।

रोहितको इनिङ्सले नेपालको ब्याटिङलाई सम्हाल्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। नेपालले उक्त खेलमा ओमानलाई जितका लागि २८१ रनको लक्ष्य दिएको छ। उनी पछिल्ला खेलमा निरन्तर राम्रो प्रदर्शन गर्दै आएका रोहित नेपाली टोलीका भरपर्दा ब्याटरका रूपमा देखिएका छन्।

यसअघि रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका थिए। लिग-२ मा एक हजार रन पूरा गर्नु उनको अर्को महत्त्वपूर्ण उपलब्धि हो।

प्रकाशित: २ कार्तिक २०८३ १५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App