१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
खेल

विराटनगर र कर्णालीको खेलअघि कीर्तिपुरमा वर्षा, पिच र आउटफिल्ड ढाकियो

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत विराटनगर किंग्स र कर्णाली याक्सबीचको खेल सुरु हुनुअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा छिटपुट वर्षा भएको छ।

वर्षा सुरु भएलगत्तै मैदानका कर्मचारीहरूले सम्भावित क्षति रोक्न मुख्य पिच र आउटफिल्डलाई कभरले ढाकेका छन्।

अहिले रंगशालामा खेल हेर्न पुगेका दर्शकहरू वर्षा रोकिने प्रतीक्षामा छन्। मौसममा सुधार आएर कभर हटाइएपछि अम्पायरहरूले मैदानको अवस्था निरीक्षण गर्नेछन्।

प्रकाशित: १२ कार्तिक २०८३ १६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App