१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा छिटपुट वर्षा, चिसो बढ्यो

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहीबार छिटपुट वर्षा भएको छ। दिउँसोपछि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश भेगमा हल्का वर्षा भएको हो।

वर्षासँगै उपत्यकामा तापक्रम घटेर चिसो महसुस गरिएको छ भने धुलो र वायु प्रदूषणमा केही कमी आएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसम बदली भई छिटपुट वर्षा भएको हो।

महाशाखाले आज राति पनि उपत्यकासहित पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App