२७ श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

पुष्पलाल स्मृति ब्याडमिन्टन: प्रतीक र कबिर अन्तिम ३२ मा

विभागीय टोली त्रिभुवन आर्मी क्लबका प्रतीक विष्ट र नेपाल पुलिस क्लबका कबिर केसीले १४औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको पुरुष यु–१९ को अन्तिम ३२ मा स्थान बनाएका छन्।  

ग्वार्कोस्थित सहआयोजक यल स्पोर्ट्स एकेडेमीको कभर्डहलमा मंगलबार भएको खेलमा प्रतीकले तारकेश्वर युथ क्लबका दीप भट्टलाई र कबिरले आर्मीका आशुतोष कसौधनलाई २–० को सोझो सेटमा हराए। कबिरले आशुतोषमाथि २१–११ र २१–६ को जित निकाले। अर्को खेलमा प्रतीकले दीपलाई २१–६ र २१–६ ले सहजै पराजित गरे।

पुरुष यु–१९ उमेरसमूहमा नै धन्यन्तरी क्लबका सुहम कार्की अन्तिम ३२ मा प्रवेश गरेका छन्। सुहमले फिटनेस पार्कका समीर खड्कालाई २१–१०, २१–१२ ले हराए। नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा पुरुष यु–१९ एकलमा नै धादिङका आयुश मगर, आर्मीका सौर्य महर्जन, पुलिसका रितिक आचार्य, इलामका गहेन्द्र बस्नेत र कञ्चनपुरका उदय चन्द अन्तिम ३२ मा स्थान बनाउन सफल भए।

आयुषले आइबिएससीका कृष्ण तामाङलाई २१–७, २१–११ र सौर्यले लभ ब्याडमिन्टन एकेडेमीका रामजीवन चौधरीलाई २१–६, २१–२ ले हराए। पुलिसका रितिक आचार्यले सिन्धुली ब्याडमिन्टन एकेडेमीका आर्नभ श्रेष्ठबाट वाकओभर पाए। इलामका गहेन्द्र बस्नेतले कस्तुरी कलेजका मिसेक चोङवाङलाई २१–१६, १२–२१, २२–२० तथा कञ्चनपुरका उदय चन्दले मण्डला ब्याडमिन्टन एकेडेमीका अनन्त पाख्रिनलाई २१–१४, २१–११ ले हराए। यसै विधामा आर्मीका सुदेश राजकोटी, सूर्यदर्शनका सोनाम ओली, आर्मीका सुविन श्रेष्ठ ‘बी’, चितवनका युसोफ गुरुङ, आर्मीका शिशिर राना, कपिलवस्तुका निश्चल अग्रहरी, सिन्धुलीका दीप थिङ, फिट नेपाल स्पोर्ट्स प्लेक्सका सक्षम गुरुङ, गुल्मीका प्रिन्स बिक र आर्मीका सदीप राईले अन्तिम ३२ को यात्रा तय गरे।

यसै विधामा आर्मीकै सामन्तबहादुर वज्राचार्य, पुलिसका इमा तामाङ, धन्यन्तरीका सुशान्त प्रजापति, कस्तुरी कलेजका संगम गिरी, सिन्धुलीका धीरज मण्डल, आर्मीका सुप्रिम पन्त, ग्यालेक्सीका शुभम चौहान, आर्मीका रिजन मगर, पुलिसका ऋषभ राई, कञ्चनपुरका आशिष खत्री, मण्डलाका ज्योतिरादित्य चौधरी, पुलिसका पप्पु पाल, कर्णालीका रमेश कामी र आर्मीका सुबिन श्रेष्ठ ‘ए’ ले पनि आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम ३२ मा स्थान बनाएका छन्। पुरुष यु–१५ एकलमा धन्यन्तरीका सुहम कार्की, आइबिएससीका प्रशान्त बुढाथोकी, कञ्चनपुरका उदय चन्द र कविलवस्तुका निश्चल अग्रहरीले अन्तिम ३२ को चरणमा स्थान बनाए।

यसै विधामा आर्मीका रिजन मगर, पुलिसका ईशान गिरी, बालकुमारी रिमिक्स क्लबका प्रज्वल वज्राचार्य, मण्डलाका ज्योतिरादित्य चौधरी, सिन्धुलीका थिङ, पुलिसका श्याम भण्डारी, आर्मीका आशुतोष कसौधन, सुर्खेतका समीर अधिकारी, सूर्यदर्शनका सोनाम ओली, पुलिसका सिद्धान्त श्रेष्ठ, आर्मीका सामन्तबहादुर वज्राचार्य, ग्यालेक्सीका शुभम चौहान, कञ्चनपुरका आशिष खत्री, फिट नेपाल स्पोटर्स प्लेक्सका सक्षम गुरुङ, आर्मीका साजन कार्की, कस्तुरी एकेडेमीका प्रज्ञान ढकाल, विवेक बर्मा एकेडेमीका आयुष खनाल, आइबिएससीका प्रिन्स थापामगर, सिन्धुली ब्याडमिन्टन एकेडेमी धीरज मण्डल, पुलिसका प्रनिश कार्की, कागेश्वरीका अपूर्वराज पोखरेल, पुलिसका रितिक आचार्य, डिबिए क्लबका रमित बोहरा र धन्यन्तरीका सुशान्त प्रजापतिले आआफ्ना प्रतिद्वन्द्वीमाथि जित रच्दै अन्तिम ३२ को यात्रा तय गरे। 

प्रकाशित: २७ श्रावण २०८३ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App