१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

इतिहास रच्ने सँघारमा पिएसजी

 नीलो, रातो र सेतो जर्सीमा सजिएको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का समर्थकहरू धेरै संख्यामा रहेका सेता जर्सीहरूका बीच घेरिएका थिए।

मेटलाइफ स्टेडियममा बुधबार क्लब विश्वकपको सेमिफाइनलमा उपस्थित समर्थकमध्ये ९५ प्रतिशत रियाल मड्रिडका थिए, जहाँ प्रचण्ड गर्मीको घाममा उनीहरूका सेता जर्सीहरू चम्किरहेका थिए। पिएसजीका समर्थकहरू भने थोरै संख्यामा थिए। खेल सुरु भएदेखि अन्त्यसम्म नै उनीहरू आफ्नो टोलीलाई हौसला बढाउन लागिरहे। किनकि पिएसजी ऐतिहासिक चौथो उपाधि जित्न एक जितनजिक पुगेको थियो।

क्लब विश्वकपको सेमिफाइनलमा मड्रिडलाई ४–० ले हराउँदै पिएसजी अर्को उपाधिको होडमा पुगेको छ। च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानलाई ५–० ले हराउँदै अर्को उपाधि जित्ने लक्ष्यमा रहेको पिएसजीले सन् २०२० को दशकको मध्यतिर विश्वकै सबैभन्दा प्रभावशाली क्लबका रूपमा आफू उभ्याएको छ।

‘खेलाडीहरूको सामूहिक प्रयास नै हाम्रो सफलताको कारण हो,’ फाबियन रुइजले भने। उनले खेलको २४औं मिनेटमै दुई गोल गर्दै पिएसजीलाई ३–० ले अग्रता दिलाए। ‘हाम्रो यो टोली राम्रो छ। यो एक युवा टोली हो, जसले राम्रो काम पनि गरिरहेको छ,’ रुइजले उल्लेख गरे।

 पिएसजीले आइतबार क्लब विश्वकपको फाइनलमा चेल्सीविरुद्ध खेल्नेछ। यो फाइनलमा सफलता प्राप्त गर्दै पिएजसी यस वर्षको चौथो ठूलो उपाधि जित्न चाहन्छ। यसअघि पिएसजीले गत अप्रिल ५ मा लिग वानको उपाधि उचालेको थियो। मे २४ मा कप डे फ्रान्सको फाइनलमा रेइम्सलाई ३–० ले हराएको थियो। त्यसको सात दिनपछि च्याम्पियन्स लिगमा इन्टर मिलानलाई पिएसजीले हराएको हो।

पिएसजीको नीलो, रातो र सेतो रंगले भरिएको जर्सीको पछाडि प्रख्यात खेलाडीका नाम पनि थिएनन्। यो क्लब म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनल, म्यानचेस्टर सिटी वा चेल्सीजस्तो चर्चित क्लब पनि होइन। तर, यस सिजन पार्क डेस प्रिन्समा पिएसजीले ट्रफीहरू थप्दै छ।

 रोल्यान्ड ग्यारोस र बोइस डी बोलोग्नेनजिक एउटा सानो र पुरानो स्टेडियम हो पार्क डेस प्रिन्स। जहाँ पछिल्ला समय पिएसजीको यो टोलीले उपाधिहरू थप्दै छन्। मे ३१ मा म्युनिखमा भएको फाइनलमा असरफ हकिर्मीले १२औं मिनेटमा नै गोल गरेका थिए। डेजिरे डुएले दुई गोल गर्दा खिचा खराच्छखेलियाले समान एक गोल गरेका थिए। यसपल्ट भने छैटौं मिनेटमा नै रुइजले गोल गरे।

रियाल मड्रिडका डिफेन्डर राउल एसेन्सियो र एन्टोनियो रुडिगरको गल्तीको फाइदा उठाउँदै औसामाने डेम्बेलेले नवौं मिनेटमा अग्रता दोब्बर बनाए। रुइजले काउन्टर अट्याकमा नै तेस्रो गोल गर्दा गोन्जालो रामोसले ८७औं मिनेटमा पिएसजीको चौथो गोल पूरा गरे। डेम्बेलेले यस वर्ष लिग वानमा गोल्डन बुट (२१ गोल) को उपाधि पनि जितेका थिए।

जुन १ मा फ्रान्सबाट खेल्दा चोट लागेपछि उनी पहिलोपल्ट सुरुआती ११ मा स्थान बनाउन सफल रहे। क्लब विश्वकपको समूहचरणमा उनी थिएनन्। पिएसजीले दुई नकआउटमा खेल खेल्दा पनि डेम्बेले बेन्चमा नै थिए। तर, शनिबार बायर्न म्युनिखविरुद्ध खेल्दा भने उनले इन्जुरी समयमा गोल गरेका थिए।

‘यो क्लब विश्वकपको पहिलो खेल हो, जहाँ हामीले डेम्बेलेलाई सामान्य खेलाडीको रूपमा प्रयोग ग¥यौं,’ पिएसजीका प्रशिक्षक लुइस एनरिकले भने, ‘यस समय उनी सबैभन्दा राम्रा खेलाडी हुन् भन्ने मलाई लाग्छ। सबैखाले उपाधि जित्नका लागि उनी योग्य छन्। किनभने उनले टिमलाई धेरै दिन सक्छन्। साथै पिएसजीले पनि ट्रफी जित्दै छ। जुन क्लबका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष हो।’

रियाल मड्रिडसँग १५ वटा युरोपियन र पाँचवटा क्लब विश्वकपका उपाधिहरू छन्। पछिल्लो दुई दशकदेखि सुपर स्टारले भरिएको रियालमा डेबिड बेकह्याम, जिनेदिन जिदान, लुइस फिगोका साथै क्रिस्टियानो रोनाल्डो (२००९/२०१८) थिए। सामाजिक सन्जालमा धेरै चर्चा पाएको युगमा मड्रिडले यी सफलता पाएको हो।

सन् २०११ मा कतार स्पोटर्स इन्भेस्टमेन्टले किनेको पिएसजीले भने सन् १९९५ पछि लामो समयसम्म लिग वानको उपाधि पनि जित्न सकेका थिएन। तर, सन् २०१३ देखि भने यसले १३ मध्ये ११ फ्रान्सेली लिग जित्यो। यसका बावजुद यो युरोपको शीर्ष क्लब बन्न असफल भयो।

जुनियर नेइमार, लियोनल मेसी, किलियन एम्बाप्पेजस्ता स्टार खेलाडीहरू हुँदा पनि क्लब यो सफलता पाउन असफल भएको हो। तर, एउटा समूहले यी स्टारले भरिएको पिएसजीले भन्दा बढी सफलता दिइरहेको छ। ‘हामी सबैले इतिहास बनाएका छौं। खेलाडीहरू, स्टाफ, स्पोर्ट्स डाइरेक्टर, व्यवस्थापक र समर्थक सबै मिलेर यो सफलता पाएका हौं,’ २०२३ को जुलाईमा क्लबमा नियुक्त एनरिकले भने। बुधबार यो क्लब विश्वकपमा सफलता पाउँदा पिएसजी हरेक पक्षमा अगाडि रह्यो।

उनीहरूले ६३१ पास खेल्दा मड्रिडले २५५ पास मात्र खेल्न सक्यो। पिएसजीले ६७ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्यो। यसमा पनि पहिलो हाफमा उनीहरूले ७६.५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेका थिए। ‘यो एक पीडादायी हारे हो। आज हामीले लक्ष्यअनुरूप खेल्न सकेनौं,’ मड्रिडका प्रशिक्षक जाबी अलोन्सोले भने।

यसअघि पिएजसीले पछिल्ला ६ खेलमा प्रतिद्वन्द्वीविरुद्ध १६–१ गोलअन्तरले हराएको थियो। जसमा रुइजले तीन गोल, डेम्बेले, हकिमी र जोआओ नेभेसले समान दुई गोल गरेका थिए। डुए, ली काङ्ग इन, खराच्छखेलिया, मायुलु, रामोस, भिटिन्हाले समान एक गोल गरे। समूहचरणको दोस्रो खेलमा बोटोफोगोसँग १–० ले हारेपछि पिएसजीले एक गोल पनि बेहोरेको छैन।

‘अर्को फाइनलमा पुग्दा धेरै खुसी छौं। यसमा धेरै रमाइरहेका छौं, किनभने हामीले ऐतिहासिक नतिजा पायौं,’ रुइजले भने,‘सिजनको हरेक फाइनलमा पुग्न धेरै कठिन नै हुन्छ। अब हामी एक कदम मात्र पछाडि छौं।’

प्रकाशित: २८ असार २०८२ ०८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App