सरकारले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीहरूलाई अवकाशपछि आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै खेल क्षेत्रका उत्कृष्ट योगदानकर्तालाई दीर्घकालीन संरक्षण र सम्मान दिने नीति सार्वजनिक गरेका हुन् ।
बजेट भाषणका क्रममा उनले भने, “अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौं ।”
सरकारको यो निर्णयलाई खेलाडीहरूको योगदानको सम्मान, सामाजिक सुरक्षा सुदृढीकरण र खेल क्षेत्रप्रति प्रोत्साहन बढाउने कदमका रूपमा हेरिएको छ ।
प्रकाशित: १५ जेष्ठ २०८३ १७:४० शुक्रबार





