१ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

ताप्लेजुङमा प्रदेश तथा जिल्ला स्तरीय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

ताप्लेजुङमा प्रदेश स्तरीय ब्याटमिन्टन प्रतियोगितामा सम्पन्न भएको छ । ६ वटा विधामा भएको प्रतिस्पर्धामा प्रदेश स्तरीय पुरुष एकलतर्फ १७ वर्षीय आन्द्रियस लिम्बू विजयी भएका छन्। उनले २५ हजार नगर पुरस्कार प्राप्त गरेका छन्।

यस्तै उपविजेता दिवस शंकरले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा सेमीफाईनलिष्ट किरण श्रेष्ठ र मिलिन गुरुङले  ५–५ हजार पाएका छन्।

प्रदेश स्तरीय मिश्रित युगल प्रतिस्पर्धामा मिलिन गुरुङ र रोजी राईको जोडी प्रथम हुँदा आन्द्रियस लिम्बू र एञ्जिला राईको जोडी द्वितीय भएका छन्। यस्तै, मिसेकहाङ चोङवाङ र निङ्माडोल्मा शेर्पा तथा शैलेस आङदेम्बे र सलोमी आङदेम्बेको जोडी सेमीफाइनलिष्ट बने । विजेता जोडीले नगद २० हजार, उपविजेताले १५ हजार र दुई सेमीफाइनलिष्ट जोडीले समान नगद ५–५ हजार रुपैयाँ प्राप्त गरेका जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष सुरेश सिंघकले जानकारी दिए ।  

पुरुष भेट्रान्स(१००+)युगल प्रतिस्पर्धामा वसन्त गुरुङ र सुरज मादेनको जोडी विजयी भएका छन् भने इन्द्रकुमार गुरुङ र मानबहादुर पालुङ्वाको जोडी दोस्रो भएका छन्। उनीहरूले क्रमशः १५ हजार र  १० हजार नगद पुरस्कार पाएका छन्।

जिल्ला स्तरीय ‘बी’ लेभल पुरुष युगल प्रतियोगितामा दाजुभाइ डेभिड मादेन र रमेश मादेनको जोडी प्रथम हुँदा केशव पौडेल र सुजन श्रेष्ठको जोडी उपविजेता बन्यो ।  विजेता जोडीले नगद १५ हजार र उपविजेता जोडीले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

जनप्रतिनिधि र कर्मचारीबिचको युगल प्रतिस्पर्धामा लक्ष्मण घताने र सन्तोष तामाङको जोडी विजेता बन्दा विकाश तामाङ र फुर्वा शेर्पाको जोडी उपविजेता बन्यो । विजेता टोलीले नगद १५ हजार र उपविजेता टोलीले नगद १० हजार रुपैयाँ प्राप्त गरेको जिल्ला ब्याटमिन्टन संघले जनाएको छ ।  

यस्तै, महिलातर्फ १५ वर्ष मुनि उमेर समूहको एकल खेलमा रेश्मा गुरुङ विजेता बन्दा निसुम गुरुङ उपविजेता बनिन् । पुरुषतर्फ १५ वर्ष मुनि उमेर समूहको एकल खेलमा करण लिम्बू र अंकित लिम्बू क्रमशः विजेता र उपविजेता बने । महिला र पुरुष दुबैतर्फ १५ वर्ष मुनि उमेर समूहका विजेताले समान नगद ६ हजार र उपविजेताले ४ हजार रुपैयाँ प्राप्त गरे । १५ वर्षीय अंकित लिम्बू उदयमान खेलाडी बन्दै नगद २ हजार रुपैयाँ हात पार्न सफल भए ।  

विजेता र उपविजेता सहित सेमी फाइनलिष्टलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको अध्यक्ष सिंघकले बताए। फुङलिङ नगरपालिका र नगरपालिका क्षेत्रका ११ वटै वडाको आर्थिक साझेदारीमा सञ्चालित ब्याटमिन्टन प्रतियोगिताका विजेता खेलाडीहरूलाई नगरप्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ, जिल्ला प्रहरी प्रमुख(डिएसपी)वेदप्रसाद गौतम सहितको उपस्थितिमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।

प्रकाशित: २९ चैत्र २०८२ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App