१५ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

‘राखेपको कारण नेपाली फुटबलमा समस्या’

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा र एएफसीसँगको छलफलपछि अर्ली इलेक्सन रोकिएको उल्लेख गर्दै सरकारी हस्तक्षेपसँगै आफूहरूको जिम्मेवारी रहेको प्रतिक्रिया आएको बताएको छ।

झापामा शुक्रबार तय अर्ली इलेक्सन फिफा र एएफसीले भनेपछि रोकिएको एन्फाले जनाएको छ । शुक्रबार झापामा पत्रकार सम्मेलन गर्दै एन्फाका महासचिव किरण राईले फिफा र एएफसीले यो निर्वाचन प्रक्रिया सम्मत रहेको स्पष्ट पारेको बताए। साथै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निलम्बनलाई फिफा र एएफसीले सरकारी हस्तक्षेपका रूपमा बुझेको उनको भनाइ छ। फिफा र एएफसीले अब विषयमा एन्फा मात्र नभई नेपाल सरकार र आफूहरूबीच रहेको प्रतिक्रिया दिएको एन्फाका महासचिव राईले उल्लेख गरे। फिफा र एएफसीले विधानअनुसार निर्वाचन अगाडि बढाउन भनेपछि अर्ली इलेक्सन अगाडि बढाएको एन्फाको भनाइ छ। यसैले फिफा र एएफसीका प्रतिनिधि नेपालका आएको उनी बताउँछन् तर विधान र ऐन सम्मत भएको विषयमा राखेपले तेस्रो पक्षको उक्साहटमा हस्तक्षेप गरेको एन्फाका महासचिव राईको भनाइ छ।

नेपाली फुटबलाई प्रतिबन्ध र विवादको बाटोमा लान चाहने पक्षकै चाहना अनुरूप राखेपले काम गरेको एन्फाको आरोप छ। आफूहरू हटेर राम्रो हुन्छ भने हट्न तयार रहे पनि नेपाली फुटबल संकटमा पर्छ भनेर नै निर्वाचनमा जान खोजेको एन्फाको वर्तमान कार्यसमितिको दाबी छ। राखेपको कारबाहीपछि फिफा र एएफसीले आफूहरूको भूमिका के हो भन्ने स्पष्ट पार्ने एन्फाका महासचिव राईले बताएका छन्। अब आफूहरू नेपाली फुटबलको जिम्मेवार नरहे राखेपले नै सबै काम गर्न आग्रह गरेका छन्। केही समयपछि नेपाली राष्ट्रिय पुरुष टोली र महिला टोलीले अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको एन्फाले जनाएको छ तर त्यसका लागि पनि राखेपले प्रक्रियामा अवरोध पु¥याएको एन्फाले उल्लेख ग¥यो।

राज्यको स्विकृतबिना अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नसक्ने, एन्फामाथि कारबाही रहेकाले आफूहरूले प्रक्रिया अगाडि बढाउन नमिल्ने र राखेपको प्रक्रिया पनि फिफाले स्विकार नगर्ने भएकाले नेपाली फुटबलमा अबरोध सिर्जना भएको एन्फाका महासचिव राईको भनाइ छ। त्यसैले अब राखेपले नै सबै कुरामा जिम्मा लिन एन्फाले आग्रह गरेको छ। साथै महिला फुटबल उचाइमा पुगिरहँदा फिफा सिरिज जस्तो प्रतिस्पर्धाबाट उनीहरूले अवसर गुमाउने अवस्थामा पुगेको एन्फाका महासचिव राईले बताएका छन्। साथै एन्फाका एकेडेमी प्रभावित भएको, तीन वटा घरेलु लिग र गोल्ड कपसमेत प्रभावित भएको एन्फाको भनाइ छ।

यी सबै जिम्मेवारी लिन राखेपकै रहेको उनी बताउँछन्। नेपालले लाओससँग यसै हप्ता खेल्ने तालिका रहेको र त्यसका लागि स्विकृति लिए पनि राखेपले रोकिरहेको एन्फाले जनाएको छ। कारबाही नहुँदा नै उनीहरूको प्रक्रिया अगाडि बढेकाले नेपाली पुरुष फुटबलले खेल्न पाउन सक्ने सम्भावना रहेको एन्फाको विश्वास छ तर त्यो प्रक्रिया पनि राखेपले नै अड्काएकाले केही भन्न नसक्ने एन्फाको भनाइ छ।

प्रकाशित: १४ चैत्र २०८२ ०७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App