७ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

कपडाको बल खेल्दै राष्ट्रिय टोलीको कप्तानमा धर्मेन्द्र कुँवर

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनसिप नेपाली फुटबलका लागि मात्र होइन, कर्णालीको एउटा दुर्गम गाउँबाट उठेको सपनाको परीक्षा पनि हो।

जुम्लाको तातोपानी गाउँपालिका–७, सर्मीगाउँका २० वर्षीय धर्मेन्द्र कुँवरले साफ यू–२० च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी सम्हाल्दै गर्दा त्यो केवल उनको व्यक्तिगत उपलब्धि मात्र होइन। सिंगो भूगोल, अभाव र अवसरको कथाको प्रतिनिधित्व पनि हो।

मार्च २३ देखि अप्रिल ३ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा आयोजक माल्दिभ्स, भुटान र श्रीलंका छन्। समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन्।

नेपालले मार्च २३ मा भुटान, २५ मा श्रीलंका र २७ मा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ।

गत फागुन १९ मा मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्यीय टोली घोषणा गर्दा कप्तानको जिम्मेवारी धर्मेन्द्रलाई सुम्पिनु संयोग थिएन। त्यो निर्णय वर्षौँको निरन्तरता, अनुशासन र आत्मविश्वासको परिणाम थियो।

धर्मेन्द्रको कथा कुनै सुविधा सम्पन्न एकेडेमीबाट सुरु हुँदैन। गाउँको धुलो, कपडाको बल र स्कुले मैदानबाट सुरु हुन्छ, जहाँ धेरैले ‘अवसर छैन’ भन्दै हार माने, त्यहीँ धर्मेन्द्रले ‘एक दिन अवसर आफैं बनाउँछु’ भन्ने विश्वासका साथ खेले।

जुम्लाको सदरमुकाम खलंगाको सीमाचौर मैदान धर्मेन्द्रका लागि प्रशिक्षण केन्द्र मात्र थिएन, त्यो उनका लागि ‘अनौपचारिक एकेडेमी’ थियो। त्यही मैदानमा उनले खेल हेरे, सिके र खेले।

प्रकाशित: ६ चैत्र २०८२ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App