२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ को उपविजेता नेपाली टिमलाई बधाई दिएकी छन् ।  श्रीलंकामा सम्पन्न विश्वकपमा नेपाल उपविजेता भएको थियो ।

‘दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ श्रीलंकामा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिम उपविजेता बन्न सफल भएको छ । फरक शारीरिक अवस्था र दैनिक जीवनका अनेक चुनौतीका वावजुद विश्वमा नेपाल र नेपालीको शीर उच्च राख्ने टिमलाई हार्दिक बधाई’, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।  

विश्वकपको फाइनलमा नेपाली टोली भारतसँग सात विकेटले पराजित भएको थियो ।

 

प्रकाशित: ८ मंसिर २०८२ १६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App