६ मंसिर २०८३ आइतबार
image/svg+xml
खेल

नयाँदिल्लीमा प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुँदै

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न भारतीय विदेशमन्त्री एस जयशंकर नयाँदिल्लीस्थित होटल ताज महल पुगेका छन्।

सोमबार साँझ जयशंकर प्रधानमन्त्री शाह बसेको होटलमा पुगेका हुन्। उनीहरूबीच भेटवार्ता हुन लागेको हो।

प्रधानमन्त्री शाह सोमबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँदिल्ली पुगेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने भ्रमणका लागि भारत पुगेका शाह होटल ताज महलमा बसेका छन्।

प्रकाशित: ६ मंसिर २०८३ १८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App