२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

राष्ट्रपति रनिङ शिल्ड: बागमती टिम च्याम्पियन, सुदूरपश्चिम दोस्रो

बागमती प्रदेश घरेलु मैदानमा सम्पन्न १६औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा टिम च्याम्पियन भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा काठमाडौंमा शुक्रबार सम्पन्न १६औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड बागमती सर्वाधिक २२ स्वर्ण, २१ रजत र १३ कांस्य पदक जित्दै च्याम्पियन भएको हो । बुधबार सुरु भएको प्रतियोगितामा कुल ६ खेल विधामा गरेर ६६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमध्ये बागमती सर्वाधिक स्वर्ण जित्दै यसपल्ट पनि च्याम्पियन भयो । बागमतीले एथलेटिक्समा ११ स्वर्ण र तेक्वान्दोमा पाँच स्वर्ण जितेपछि रनिङ शिल्डमा उचालेको हो ।

सुदूरपश्चिम प्रदेश दोस्रो र लुम्बिनी प्रदेश तेस्रो भए । सुदूरपश्चिमले १९ स्वर्ण, ९ रजत र १४ कांस्य पदक जित्यो । लुम्बिनीले १२ स्वर्ण, १५ रजत र १८ कांस्य पदक प्राप्त गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र नेपालय इन्टरनेसनल प्रालीका अध्यक्ष सुवास प्रधानलगायतले च्याम्पियन बागमतीलाई रनिङ शिल्ड प्रदान गरेका थिए । यीबाहेक गण्डकीले पाँच स्वर्ण, कोशीले चार स्वर्ण, मधेशले तीन स्वर्ण र कर्णालीले दुई स्वर्ण पदक जिते । एथलेक्टिसमा तीन जुनियर कीर्तिमान बनाएबापत अविनाश सुनार, भगवती खड्का र गण्डकीले चार गुणा चार सय रिलेमा समान १५ हजार रुपैयाँ पुरस्कार पाए ।

यस प्रतियोगितामा एथलेटिक्समा २६, भलिबल र कबड्डीमा समान दुई तथा कराते, तेक्वान्दो र उसुमा समान १२ स्वर्णका प्रतिस्पर्धा भएका थिए । सातै प्रदेशबाट समान ९८ खेलाडी गरी कुल ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । स्वर्ण पदक विजेताले पाँच, रजतले तीन हजार र कांस्यले दुई हजार नगद पुरस्कार पाए । राखेपले करिब १२ लाख बराबरको प्रदान गर्‍यो ।  

भलिबलमा लुम्बिनीले गुमाएको अवसर

लुम्बिनी प्रदेशको छात्रा र छात्र दुवै टोली १६औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा भलिबलतर्पm फाइनलमा पुगे पनि स्वर्ण पदक जित्न असफल भए । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको फाइनलमा लुम्बिनीको दुवै टोलीले पहिलो दुई सेट जित्दै स्वर्ण पदक नजिक देखिए पनि असफल भए । छात्रामा लुम्बिनी दुई सेटको अग्रता जोगाउन नसक्दा बागमतीसँग ३–२ ले पराजित हुन पुग्यो । बागमतीले लुम्बिनीलाई २१–२५,२२–२५, २५–१२, २५–२१ र १५–८ ले हरायो । छात्र भलिबलमा पनि लुम्बिनीले गण्डकी प्रदेशविरुद्ध दुई सेटको अग्रता जोगाउन सकेन । गण्डकीले पनि लुम्बिनीलाई २०–२५, २४–२६, २५–२२, २५–१७ र १५–११ को रोमाञ्चक सेटमा हराउन सफल भयो ।  

एथ्लेटिक्समा बागमतीको वर्चस्व  

बागमतीले प्रतियोगिताको एथलेटिक्समा सर्वाधिक ११ स्वर्णसँगै सात रजत र ५ कांस्य पनि जित्यो । एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश थिए ।

सुदूरपश्चिमले ८ स्वर्ण, ३ रजत र ४ कांस्य, लुम्बिनी प्रदेशले ५ स्वर्ण, ९ रजत र ५ कांस्य, गण्डकी प्रदेशले २ स्वर्ण, २ रजत र ७ कांस्य तथा कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ३ कांस्य जिते । स्वर्णविहीन कोशी प्रदेशले समान २–२ रजत र कांस्य हात पा¥यो । मधेश प्रदेश पदकविहीन बन्यो ।

प्रकाशित: २२ जेष्ठ २०८३ २१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App