२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

प्रिमियर लिगः लिभरपुलको संघर्षपूर्ण जित, अपराजित यात्रा कायमै

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले संघर्षपूर्ण जित निकालेको छ । योसँगै लिभरपुलले जारी सिजन आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म पुर्याएको छ ।  

आइतबार भएको खेलमा लिभरपुलले बर्नलीलाई १-० गोलले पराजित गरेको हो । दोस्रो हाफको अतिरिक्त समयको पाँचौ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै मोहमद सलाहले लिभरपुललाई ३ अंक दिलाए । हानिबल मेज्ब्रीले डिबक्समा हेन्ड गरेपछि लिभरपुलले पेनल्टी पाएको थियो ।  

फ्लोरियन रिट्ज ८४ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिएपछि बर्नली १० खेलाडीमा सीमित भएको थियो ।  

बर्नलीको यो चौथो खेलमा तेस्रो हार हो । ऊ १७औं स्थानमा छ ।  

प्रकाशित: २९ भाद्र २०८२ २२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App