नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटरले आक्रामक सुरुवात गरेका छन्। पोखरा एभेन्जर्सविरुद्ध टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले पावरप्ले(०–६ ओभर)को खेल सकिँदा ६० रन जोडेको छ।
जसमा ओपनरद्वय जोस ब्राउनले २० बलमा ३४ रन र विनोद भण्डारीले १६ बलमा २० रन जोडेका छन्।
प्रकाशित: ५ मंसिर २०८२ १६:३७ शुक्रबार





