नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले पावर प्लेमा मिश्रित प्रदर्शन गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको सुदूरपश्चिमले ६ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४२ रन जोडेको छ।
सुदूरपश्चिमले तेस्रो ओभरमै ओपनर मुख्तार अहमदलाई १० रनमा गुमाएको थियो। उनलाई विराटनगरका मार्चन्ट डी लांगेले बोल्ड गरेका थिए।
सुरुवाती झड्कापछि अहिले विनोद भण्डारी र सेल्डन ज्याक्सनले इनिङ्स सम्हालिरहेका छन्। ६ ओभर सकिँदा विनोद भण्डारी २० बलमा २० रन र सेल्डन ज्याक्सन ६ बलमा ११ रन बनाएर खेलिरहेका छन्।
बलिङतर्फ विराटनगरका मार्चन्ट डी लांगेले पावर प्लेमा ३ ओभर बलिङ गर्दै १६ रन खर्चेर १ विकेट लिएका छन्। विराटनगरले पावर प्लेमा प्रतिओभर ७.०० को रनरेटमा रन खर्चिएको छ।
प्रकाशित: २३ मंसिर २०८२ १६:३२ मंगलबार





