२९ आश्विन २०८३ बिहीबार
image/svg+xml
खेल

लगातार दोस्रो अर्धशतक प्रहार गरेका पौडेल आउट, नेपाल सम्मानजनक योगफल तर्फ

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानको अल अमेरातमा जारी खेलमा नेपालले ओमानविरुद्ध ब्याटिङ गर्दै ४२.३ ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको छ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। रोहितले अर्धशतक पूरा गर्दै नेपालको इनिङ्सलाई अघि बढाएका थिए।

अर्जुन कुमालले ५९ बलमा ४ चौकासहित ४० रन बनाए। इशान पाण्डेले ५५ बलमा ४ चौकासहित ३७ रन जोडे। बसिर अहमदले ५० बलमा ३ चौकासहित ३७ रन बनाए।

आसिफ शेख ४ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित छन्।

नेपालले १७ रन जोड्दा पहिलो विकेटका रूपमा आसिफलाई गुमाएको थियो। त्यसपछि इशान र अर्जुनले इनिङ्स सम्हाल्ने प्रयास गरे। अर्जुन ८३ रनको अवस्थामा तेस्रो विकेटका रूपमा आउट भए। रोहित र बसिरले चौथो विकेटका लागि महत्वपूर्ण साझेदारी गर्दै नेपालको स्कोर उकासे।

ओमानका लागि करन सोनावाले र सकिल अहमदले समान २ विकेट लिए। शाह फैसलले १ विकेट हात पारे।

नेपालले अब सन्दीप जोरासहित करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीलाई ब्याटिङमा उतार्न बाँकी छ।

प्रकाशित: २७ आश्विन २०८३ १४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App