१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

नौ महिनामै बाहिरिए पोटर, भित्रिए नुनो

प्रशिक्षक ग्राहम पोटरलाई कार्यकालको ९ महिनामै जिम्मेवारी मुक्त गरेको वेस्ट ह्यामले उनको स्थानमा नटिङ्घम फरेस्टका पूर्वप्रशिक्षक नुनो इस्पिरिटो सान्टोलाई भित्राएको छ।

इङ्लिस प्रिमियर लिगमा सोमबार एभर्टनको यात्राअगाडि पुछारबाट दोस्रो स्थानमा रहेपछि पोटरको बहिर्गमन हुने आशंका गरिएको थियो। एभर्टनसँगको खेलअघि नै नुना वेस्ट ह्यामको प्रशिक्षक हुने सक्ने चर्चा थियो। वेस्ट ह्यामको बोर्डसँग सकरात्मक छलफल भएपछि वेस्ट लन्डन क्लबले नुनोले जिम्मेवारी सुम्पिएको छ। यस सिजन लिगका पाँच खेलमा पोटरले मात्र तीन अंक दिलाएका छन्। साथै वुल्भ्ससँग हारपछि लिग कपबाट पनि वेस्ट ह्याम बाहिरिसकेको छ। चेल्सी र ब्राइटनका पूर्वप्रशिक्षक पोटरले गत जनवरीमा मात्र लन्डन क्लबको जिम्मेवारी पाएका हुन्।

वेस्ट ह्यामले लिगको १४औं स्थानमा रहेर गत सिजनको अन्त्य गरेकाले उनीमाथि यसपल्ट सुरुआतमा नै राम्रो गर्न दबाब थियो। गत अन्तिम साता क्रिस्टल प्यालेससँग पराजित भएपछि नै पोटर बाहिरिन सक्ने चर्चा चलेको थियो। उनको प्रशिक्षणमा वेस्ट ह्यामले यस सिजनका ६ खेलमध्ये पाँच खेल हारेको छ।

शुक्रबार क्लबको प्रिम्याच प्रेस कन्फेरेन्स भएको २४ घन्टापछि नै उनलाई जिम्मेवारीबाट हटाइएको हो। ‘गत सिजनको मध्यमा पाएको नतिजा र प्रदर्शन दुवै क्लबको आशाअनुरूप हुन सकेन। यस सजन निकै खराब सुरुआत भयो। बोर्ड अफ डाइरेक्टरले क्लबको पोजिसनमा सुधार गर्ने हो भने परिवर्तन आवश्यक छ भन्ने निष्कर्ष निकाल्यो।

आफूलाई हटाइएपछि पोटरले अभैm केही समय आफ्ना लागि आवश्यक थियो भन्ने संकेत दिएका छन्। ‘वेस्ट ह्याम क्लब छाड्दा धेरै दुखी छु। अझ केही पनि प्राप्त नगरिकन बाहिरिनु पर्दा दुःख लागेको छ। वेस्ट लन्डनको यात्रामा जे लक्ष्य प्राप्तिका लागि गएको थिएँ, त्यो पूरा हुन सकेन। अहिले नै नतिजा आउन पर्याप्त थिएन,’उनले भने, ‘यो अवसरका लागि पनि बोर्डलाई धन्यवाद दिन चाहन्छु । पछिल्ला आठ महिना यो ऐतिहासिक क्लबको जिम्मेवारी बहन गर्दा धेरै खुसी छु। यो क्लबले फुटबलमा ठूलो इतिहास बोकेको छ।’

तीन महिना अगाडि मात्र टोटनहम र वुल्भ्सका प्रशिक्षक नुनो फरेस्टबाट बर्खास्तीमा परेका थिए। क्लब मालिकसँग खराब सम्बन्धपछि उनले फरेस्ट छाड्नु परेको हो। गत सिजन नुनोकै प्रशिक्षणमा क्लबले युरोपियन प्रतियोगितामा ३० वर्षपछि स्थान बनाएको थियो। प्रिमियर लिगमा सातौं स्थान प्राप्त गरेपछि फरेस्ट युरोपेली प्रतिस्पर्धाका लागि योग्य भएको हो। उनले वुल्भ्सलाई पनि इङ्लिस फुटबलको शीर्ष डिभिजन फर्काउन योगदान दिएका थिए। उनै नुनो संकटमा रहेको वेस्ट ह्यामको प्रशिक्षकमा नियुक्त भएक छन्।  

प्रकाशित: १२ आश्विन २०८२ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App