१८ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

पिएम कपः सन्दीपको ७ विकेटमा बाग्मतीले कोशीलाई हरायो

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशसँग कोशी प्रदेश पराजित भएको छ।  

बुधबार जनकपुरस्थित रामजानकी बहुउद्देशीय क्रिकेट मैदानमा भएको खेलमा बाग्मतीले कोशीलाई ६० रनले पराजित गरेको हो।  जारी प्रतियोगितामा बाग्मतीको यो दोस्रो जित हो।

बाग्मतीले दिएको १८० रनको लक्ष्य पछाएको कोशीले २५.१ ओभरमा अलआउट हुँदै १२० रन मात्र बनाउन सक्यो।  

कोशीको लागि निश्चल रावले सर्वाधिक ३१ रन बनाए। यस्तै, कप्तान दिवन पुन १० रन बनाएर आउट भए।  

बलिङतर्फ बाग्मतीको लागि सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए।  

त्यसअघि टस हारेर पहिला ब्याटिङ  गरेको बागमतीले ३८.४ ओभरमा सबै विकेट गुमाएर १८० रन बनायो।

बाग्मतीको लागि विवेक मगरले अर्धशतकीय पारी खेले। उनले ८० बलमा ५६ रन बनाए। यस्तै, ईशान पान्डे २७ रन बनाएर आउट भए।  

कोशीको लागि दिवन पुनले ३ विकेट लिदाँ प्रकाश जैसी, दीपेन्द्र रावत र निश्चल रावले समान २/२ विकेट लिए।

प्रकाशित: १८ चैत्र २०८२ १६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App