१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

पिएम कप : गण्डकीले लुम्बिनीलाई हरायो

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाइ ८ विकेटले पराजित गरेको छ। 

आईतबार लुम्बिनीले दिएको २०८ रनको लक्ष्य पछाएको गण्डकीले ४४.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। गण्डकीको लागि ओपनर अर्जुन कुमाल अविजीत १०३ रन बनाए। उनले १३० बलमा १३ चौका र एक छक्का प्रहार गरे। त्यस्तै, अर्का ओपनर श्रिब्रीन श्रेष्ठ ४३ रन बनाएर आउट भए।  

लुम्बिनीको लागि सन्तोष यादव र दिनेश बोहोराले समान १-१ विकेट लिए।

त्यसअघि वीरगन्जको नारायणी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४५ ओभरमा अलआउट हुँदै २०७ रन बनायो। लुम्बिनीको लागि सन्तोष यादवले सर्वाधिक ८२ रन बनाए। कप्तान देव खनाल १४ रनमा आउट भए। 

गण्डकीको लागि विपिन खत्रीले सर्वाधिक ४ विकेट लिए।

प्रकाशित: २९ चैत्र २०८२ १६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App