१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

कञ्चनजंघा सेसेलुङ महिला गोल्डकपमा फुङलिङ र मेरिङदेनको उपाधि भिडन्त

फुङलिङमा जारी अन्तरपालिका स्तरीय कञ्चनजंघा सेसेलुङ महिला गोल्डकपको उपाधिका लागि फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिका भिड्ने भएका छन् ।  

बिहीबारको दोस्रो सेमिफाईनलमा पाथीभरा याङवरकलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै मेरिङदेनले फाइनलमा स्थान बनाएको हो ।  

मेरिङदेनले शनिबार फुङलिङ नगरपालिकासँग उपाधि भिडन्त गर्ने छ । बुधबार भएको पहिलो सेमिफाइनलमा मैवाखोला गाउँपालिकालाई २–० ले हराउँदै फुङलिङ नगरपालिका फाइनल प्रवेश गरिसकेको छ ।  

मेरिङदेनको जितमा अनुष्का शेर्पाले ह्याट्रिक पूरा गर्दा सुष्मा लिम्बू र मनिता तामाङले १–१ गोल गरे । अनुष्काले मेरिङदेनका लागि पहिलो, चौथो र पाँचौं गोल गरिन् भने सुष्माले दोस्रो र मनिताले तेस्रो गोल गरिन् ।  

बिहीबारको खेलमा मेरिङदेनकी मनिता तामाङ प्लेयर अफ द म्याच भइन् । प्रतियोगिताको बिजेताले २ लाख २ हजार ८२ र उपबिजेताले १ लाख २ हजार ८२ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।  

चासोक तङनाम(न्वागी खाने पर्व)को अवसरमा मंसिर १३ देखि भानुजन माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल शुक्रबार बिसाएर शनिबार गरिने चासोक तङनाम सञ्चालन समितिका अध्यक्ष चन्द्रकुमार थेबेले जानकारी दिए ।  

शुक्रबार मिलन नेवारसहितका कलाकारको उपस्थितिमा वृहत्त साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजक समितिले जनाएको छ ।  

 

प्रकाशित: १८ मंसिर २०८२ १८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App