३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

दोस्रो हाफमा पाराग्वेको पुनरागमन प्रयास : अमेरिका ३-१ ले अगाडि

फिफा विश्वकप २०२६ को समूह 'डी' अन्तर्गत भइरहेको रोमाञ्चक खेलमा पाराग्वेले पुनरागमन प्रयास गरेको छ। लस एन्जलस स्टेडियममा जारी खेलको ८५ औँ मिनेट सकिँदासम्म अमेरिकाले पाराग्वेविरुद्ध ३-१ को बलियो अग्रता कायम राखेको छ।

खेलको पहिलो हाफमा अमेरिकाले ३-० को विशाल अग्रता बनाएर पाराग्वेलाई दबाबमा राखेको थियो। तर, दोस्रो हाफमा पाराग्वेले पुनरागमनको प्रयास गर्दै एक गोल फर्काउन सफल भएको छ।

खेलको ७२ औँ मिनेटमा पाराग्वेका वैकल्पिक खेलाडी मौरिसियोले टोलीका लागि पहिलो गोल गरेका हुन्। उनले जुलियो एन्सिसोको पासलाई गोलमा परिणत गरेका थिए। उक्त गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले पनि परीक्षण गरी मान्यता दिएको थियो।

पाराग्वेले दबाब बढाउन थालेपछि अमेरिकी प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा केही मुख्य परिवर्तन गरेका छन्। उनले कप्तान क्रिस्टियन पुलिसिकको स्थानमा सेबास्टियन बर्हाल्टरलाई मैदान पठाए।

त्यस्तै, पहिलो हाफमा दुई गोल गरेर खेलका नायक बनेका फोलारिन बालोगुन र अर्का खेलाडी सेर्जिन्हो डेस्टलाई आराम दिँदै उनको स्थानमा रिकार्डो पेपी र तिमोथी वेहलाई मैदान उतारिएको छ। यसअघि खेलको ५८ औँ मिनेटमा अमेरिकी मिडफिल्डर टाइलर एडम्सले पहेँलो कार्ड पाएका थिए।

प्रकाशित: ३० जेष्ठ २०८३ ०८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App