पान्दोलुङ मावि नाल्बु मेरिङदेन गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको च्याम्पियन बनेको छ।
१३ स्वर्ण, ६ रजत र ७ कास्य पदक जित्दै पान्दोलुङ च्याम्पियन बनेको हो। ७ स्वर्ण,७ रजत र ४ कास्य पदक जितेको पृथ्वी मावि खाम्लुङ द्वितीय हुँदा ६ स्वर्ण,४ रजत र ४ कास्य पदक जित्दै लक्ष्मी मावि तृतीय भएको पालिकाले जनाएको छ।
२ स्वर्ण, ३ रजत र २ कास्य पदक जितेको त्रिभुवन मावि थुकिमा चौथो हुँदा सूर्यदेवी मावि सान्थाक्रा १ स्वर्ण,६ रजत र २ कास्य दिक जितेर पाँचौं भएको छ।
सुर्के मावि थुकिमाले १ स्वर्ण,१ रजत र १ कास्य पदक जितेर छैटौं स्थानमा आफ्नो नाम लेखाउँदा स्वर्णविहीन सिंहकाली मावि २ रजत र २ कास्यमा सीमित भएको छ।
अन्तरविद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट अन्तरपालिका स्तरीय प्रतियोगिताका लागि छनौट भएका खेलाडीलाई मेरिङदेन गाउँपालिकाले बन्द प्रशिक्षण (क्लोज क्याम्प) मा राख्ने भएको छ।
यस वर्षको १६ औं अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो माघ २३ देखि २६ गतेसम्म सिदिङ्वा गाउँपालिकाको साब्लाखुमा सञ्चालन हुँदैछ। त्यहाँ ६६ स्वर्ण,६६ रजत र ७० कास्य गरी कुल २ सय २ पदकका लागि स्पर्धा हुने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो(गणेश)ले जानकारी दिएका छन्।
प्रकाशित: २८ पुस २०८२ १३:२० सोमबार





