२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

अष्ट्रेलिया विरुद्धको एकदिवसीय शृंखलाका लागि पाकिस्तानी टिम घोषणा, कप्तानमा अफ्रिदीलाई निरन्तरता

पाकिस्तानले अष्ट्रेलियाविरुद्ध हुने तीन खेलको एकदिवसीय शृंखलाका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ।

यो शृंखला मे ३० देखि जुन ४ सम्म रावलपिण्डी र लाहोरमा आयोजना हुनेछ। टोलीको कप्तानी शहीन शाह अफ्रिदीले निरन्तरता पाएका छन् भने सलमान अली आघालाई उपकप्तानको जिम्मेवारी दिइएको छ। 

घोषित टोलीमा बाबर आजम, हारिस रउफ, नसीम शाह, शादाब खान र सुफियान मोकीमको पुनरागमन भएको छ। यी खेलाडीहरू मार्चमा बंगलादेशविरुद्धको एकदिवसीय शृंखलामा टोली बाहिर रहेका थिए।  

यस टोलीमा अहमद दानियाल, अराफात मिन्हास र रोहेल नाजिर पहिलो पटक समावेश भएका छन्। उनीहरूले अष्ट्रेलियाविरुद्धको शृंखलामा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने सम्भावना रहेको छ। 

त्यस्तै, बंगलादेश विरुद्ध खेलेका सलमान अली आघा, अब्दुल समद, अबरार अहमद, माज सदाकत, मुहम्मद गाजी घोरी, साहिबजादा फरहान र शामिल हुसेनले आफ्नो स्थान सुरक्षित राख्न सफल भएका छन्। 

विकेटकिपर–ब्याटरको भूमिकाका लागि मुहम्मद गाजी घोरी र रोहेल नाजिरलाई टोलीमा राखिएको छ। उस्मान खान बिरामीका कारण उपलब्ध नभएपछि यी दुई खेलाडीलाई अवसर दिइएको हो।  

पाकिस्तान टोली : 

शहीन शाह अफ्रिदी (कप्तान), सलमान अली आघा, अब्दुल समद, अबरार अहमद, अहमद दानियाल, अराफात मिन्हास, बाबर आजम, हारिस रउफ, माज सदाकत, गाजी घोरी, नसीम शाह, रोहेल नाजिर, साहिबजादा फरहान, शादाब खान, शामिल हुसेन र सुफियान मोकीम 

प्रकाशित: ८ जेष्ठ २०८३ १४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App