नवौँ महिला तथा पुरुष एभभिए च्याम्पिनसिप अन्तर्गत आज भएको खेलमा महिलातर्फ न्यू डायमन्ड क्लब र सूदूरपश्चिम खेलकुद परिषद विजयी भएका छन्।
सोमबार त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)मा भएको खेलमा न्यू डायमन्डले विभागीय टोली नेपाल आर्मी क्लबलाई हराएको हो। दिनको तेसो खेलमा न्यू डायमन्डले आर्मीलाई ३- ० को सोझो सेटमा पराजित गर्यो । तीन सेटमा २५-१७ ले विजयी भएको न्यू डायमन्ड जारी च्याम्पियनसिपको सेमिफाइनल नजिक पुगेको छ।
त्यस्तै, दिनको अन्तिम खेलमा सूदूरपश्चिमले मधेस प्रदेश क्लबलाई ३-०को सोझो सेटमा हराएर विजयी भएको छ । पहिलो सेट २५- २१ दोस्रो सेट २५- १४ र तेस्रो सेट २५ -१७ ले नतिजा आफनो पक्षमा पार्दै सूदूरपश्चिमले जित हासिल गरेको हो।
जारी प्रतियोगितामा प्रत्येक दिन चार खेल भइरहेका छन् ।
प्रकाशित: १४ पुस २०८२ १८:०५ सोमबार





