३ मंसिर २०८३ बिहीबार
image/svg+xml
खेल

राखेपले गर्‍यो एन्फामाथिको निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएका सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

राखेपले बिहीबार एन्फालाई पत्र पठाउँदै संघमाथि लगाइएका प्रशासनिक तथा आर्थिकसहितका सबै प्रतिबन्ध हटाइएको जानकारी दिएको हो।

राखेपका सदस्य सचिव रामचरित्र मेहताले बिहीबार बसेको परिषद्को कार्यकारी समितिको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको जानकारी दिए।

एन्फाले यसअघि अप्रिल ५ मा निलम्बन फुकुवाका लागि राखेपसमक्ष अनुरोध गरेको थियो। सोही अनुरोध र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) बमोजिम परिषद्ले प्रतिबन्ध हटाउने निर्णय गरेको पत्रमा उल्लेख छ।

यस निर्णयसँगै एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिक प्रतिबन्धसमेत पत्र जारी भएको मितिदेखि लागू हुने गरी फुकुवा भएका छन्।

प्रकाशित: ३ मंसिर २०८३ १४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App