२६ कार्तिक २०८३ बिहीबार
image/svg+xml
खेल

एनपिएल : आज दुई खेल हुँदै

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा आज दुई खेल हुँदै छन्। आज मध्याह्न १२ः३० मा सुरु हुने खेलमा पोखरा एभेन्जर्सर विराटनगर किङ्स तथा अपराह्न ५ः०० बजेदेखि सुरु हुने खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्ने छन्।

यी दुईवटै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने तालिका छ। आजको पहिलो खेल ‘प्लेअफ’ सम्भावना जीवित राख्न पोखरा र विराटनगर दुवै टोलीका लागि महत्वपूर्ण छ।

छैटौँ स्थानमा रहेको विराटनगरले पाँच खेल खेल्दा दुईमा जित र तीन खेलमा हारको सामना गरेको छ। तालिकाको आठौँ स्थानमा रहेको पोखराले भने पाँच खेलमा चारमा हार र एक खेलमा मात्र जित दर्ता गरेको छ।

दोस्रो खेलमा प्लेअफ सम्भावना कायमै राख्न कर्णाली याक्स जित्नैपर्ने दबाबमा रहेको छ। तालिकाको सातौँ स्थानमा रहेको उसले पाँच खेलमा तीनमा पराजय र दुई खेलमा मात्र जित हात पारेको छ।

लुम्बिनीको प्लेअफ सम्भावना भने बलियो छ। अहिले तालिकाको तेस्रो स्थानमा रहेको उसले पाँच खेल खेल्दा तीनमा जित, एक खेलमा हार तथा एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ।

एनपिएलको जारी संस्करणमा पनि आठवटा टोलीको सहभागिता रहेको छ। प्रतियोगित मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २६ कार्तिक २०८३ ०९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App