२३ कार्तिक २०८३ सोमबार
image/svg+xml
खेल

एनपीएल: कर्णाली र पोखराबीचको खेल जारी

नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको १९ औं खेलमा पोखरा एभेन्जर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ ।  

त्रिवि क्रिकेट स्टेडियममा आज पोखरा एभेन्जर्सका कप्तान चमिका करुणारत्नेले टस जितेर कर्णाली याक्सलाई बलिङको निम्तो दिएका छन्।  

प्लेअफको सम्भावना बलियो बनाउन कर्णालीलाई आजको खेल महत्वपूर्ण रहेको छ । जारी लिगमा चार खेल खेलिसकेको कर्णालीले दुईमा जित र दुईमा हार बेहोर्दै चार अंक जोडेको छ ।

यस्तै, समान खेल खेलेको पोखरा अहिलेसम्मका चारवटै खेलमा पराजित छ । पोखरा आज पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

यसअघिका संस्करणलाई हेर्ने हो भने कर्णाली र पोखराबीच दुई खेल भएका छन् । जसमा दुवैले एक–एक खेल जितेका थिए ।

प्रकाशित: २३ कार्तिक २०८३ १३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App