११ कार्तिक २०८३ बुधबार
image/svg+xml
खेल

एनपीएलः पोखराविरुद्ध सुदूरपश्चिमले पहिला बलिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोएल्सले पहिला बलिङ गर्ने भएको छ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरले टस जितेर बलिङ रोजेपछि पोखराले पहिला ब्याटिङ गर्ने भएको हो।  

एनपीएलको जारी सिजन सुदूरको यो दोस्रो खेल हो भने पोखराले पहिलो खेल खेल्न लागेको हो।  सुदूरपश्चिम उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो। 

सुदूर दीपेन्द्र सिंह ऐरी र पोखरा कुशल भुर्तेलको नेतृत्वमा मैदान उत्रनेछन्। 

प्रकाशित: ११ कार्तिक २०८३ १७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App