२७ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
खेल

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो।  

सुदूरका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ६० रनको योगदान गरे। ५५ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे। आरिफ शेख १६ रनमा आउट हुँदा थारिन्दु रत्नायकेले नटआउट २६ रनको योगदान गरे। 

मात्र ८ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै दीपेन्द्रले आरिफसँग र थारिन्दुसँग समान ५४ रनको साझेदारी गरे।  

काठमाडौंका लागि जहान्द खानले ३ र सन्तोष यादवले २ विकेट लिए। 

आजको खेलको विजेताले प्लेअफमा स्थान बनाउनेछ। दोस्रो र तेस्रो स्थानमा रहेका दुवै टोलीको समान ८ अंक छ। 

प्रकाशित: २७ कार्तिक २०८३ १४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App