२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
खेल

एनपीएलः कर्णालीविरुद्ध सुदूरपश्चिमको गतिलो ब्याटिङ

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोएल्सले गतिलो ब्याटिङ प्रदर्शन गरेको छ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले दश ओभरको समाप्तिमा २ विकेट गुमाएर ८८ रन बनाएको छ।  

ओपनर विनोद भण्डारी २७ रनमा रनआउट भए भने सैफ जैब ३५ रनमा बोल्ड भए। क्रिजमा ब्रेन्डन म्याकमुलन र कप्तान दीपेन्द्र सिंह ऐरी छन्।  

कर्णालीका लागि सूर्य तामाङले एक विकेट लिएका छन्।  

कर्णालीले यसअघिका ३ खेलमा दुईमा जित निकालेको छ भने सुदूरपश्चिमले चार खेलमा २ मा जित निकालेको छ। समान चार भएका यी दुईमध्ये आजको खेलको विजेता अंक तालिकाको दोस्रो स्थानमा उक्लनेछ। 

प्रकाशित: २० कार्तिक २०८३ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App