२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
खेल

एनपीएल : कर्णालीमाथि सुदूरपश्चिमको सहज जित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि सहज जित हात पारेको छ।

टियू मैदानमा भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ३९ रनले हराएको हो।

सुदूरपश्चिमले दिएको १७७ रन पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रन मात्रै बनायो।

कर्णालीको लागि दक्षिण अफ्रिकी आक्रमक ब्याटर डेविड मिलरले अविजित ९३ रनको योगदान दिए। उनले ५४ बलमा ५ चौका र ७ छक्का प्रहार गरे। उनी एक्लैको योगदानले टोलीको हार टार्न सकेनन्।

यस्तै,  दिपक डुम्रेले १८ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमका लागि स्कट कुगेलाइन २ विकेट लिए। हेमन्त धामी, अनिल खरेल, दीपेन्द्रसिंह ऐरी, थारिन्दु रत्नायके, अभिषेक बोहोराले समान एक विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन जोडेको थियो।

सुदूरका लागि ओपनर विनोद भण्डारीले २७ र सैफ जैबले ३५ रन बनाए। यस्तै, ब्रेन्डन म्याकमुलन २४ रनमा आउट हुँदा इशान पाण्डेले २३ र थिरन्दु रत्नायकेले नटआउट २२ रन जोडे।

कर्णालीका लागि मार्क वाटले २ तथा सूर्य तामाङ, नन्दन यादव र हुसेन तालतले समान एक विकेट लिए। 

प्रकाशित: २० कार्तिक २०८३ १६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App