नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा अहिले कर्णाली याक्स र सुदूरपश्चिम रोएल्स प्रतिस्पर्धा गर्दैछन्।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले राम्रो सुरुवात गरेको छ। सुदूरले पावरप्लेमा विना विकेटको क्षतीमा ६३ रन बनाएको छ।
सुदूरपश्चिमको लागि ओपनर सैफ अली जैबले २३ बलमा ३५ र विनोद भण्डारीले १९ बलमा २६ रन बनाएर खेलिरहेका छन्।
ताजा स्थितीमा सुदूरपश्चिमले ७ ओभरमा विकेट नगुमाई ६६ रन बनाएको छ।
प्रकाशित: २० कार्तिक २०८३ १३:०८ शुक्रबार





