२६ कार्तिक २०८३ बिहीबार
image/svg+xml
खेल

एनपीएलः विराटनगरविरुद्ध संघर्ष गर्दै पोखरा, युवराज साम्राको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सविरुद्ध पोखरा एभेन्जर्स ब्याटिङ क्रिजमा संघर्ष गरिरहेको छ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले १२ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ९१ रन बनाएको छ। ओपनर अर्जुन कुमाल एङ्‍गेलो म्याथ्युजको बलमा एक रनमा विकेटकिपर लोकेश बमबाट क्याच आउट हुँदा कुशल भुर्तेल चारिथ असलंकाको बलमा शुन्य रनमा एलबीडब्लु आउट भए।

अर्जुन घर्ती पनि ५ रनमा सन्दीप लामिछानेको बलमा रुपेश सिंहबाट ५ रनमा क्याच आउट भएपछि पोखरा दबाबमा आएको थियो। सन्दीपले सन्नी बिकलाई पनि १२ रनमा स्टम्पिङ गराए। रमेश मेन्डीसलाई सन्दीपले शु्न्य रनमा डक आउट गराए।  

तर क्यानाडाका युवराज साम्राले पोखराको इनिङ्स सम्हालेका छन्। कर्णाली याक्सविरुद्ध शतक बनाएका उनले विराटनगरविरुद्ध पनि अर्धशतक बनाइसकेका छन्। उनी ६० रनमा नटआउट छन्। 

पाँच खेलको समाप्तिमा छैठौं स्थानमा रहेको विराटनगरको ४ अंक छ भने पुछारमा रहेको पोखराको मात्र २ अंक छ। प्लेअफको सम्भावना कायमै राख्न विराटनगरलाई आज जित्नै पर्ने दबाब छ।  

प्रकाशित: २६ कार्तिक २०८३ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App