नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेपछि विराटनगर किंग्सलाई ब्याटिङका लागि निम्तो दिएका हुन्।
आजको खेलमा दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्यमा छन्। विराटनगरको ब्याटिङ लाइनअप बलियो मानिन्छ भने पोखरा आफ्नो सन्तुलित बलिङ आक्रमणको भरमा विराटनगरलाई सानो स्कोरमा रोक्न चाहन्छ।
खेल केहीबेरमा सुरु हुँदैछ।
प्रकाशित: २ मंसिर २०८२ १६:०४ मंगलबार





