नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सका ओपनर लोकेश बमको उत्कृष्ट ब्याटिङ कायम छ।
एकपछि अर्को खेलमा उत्कृष्ट ब्याटिङ गर्दै आएका लोकेशले मंगलबार जनकपुर बोल्ट्सविरुद्ध आफ्नो अर्को अर्धशतक बनाएका छन्। उनले ३९ बलमा ३ छक्का र ३ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। उनी लगत्तै अभिशेख तिवारीको बलमा ललित राजवंशीबाट क्याच आउट भए।
लोकेशले कर्णाली याक्स्विरुद्ध ८७, चितवन राइनोजविरुद्ध २६ र सुदूरपश्चिम रोएल्सविरुद्ध २५ रन बनाएका थिए।
यसैबीच इमरान शेखले पनि आफ्नो अर्धशतक पूरा गरेका छन्। उनले ४० बलमा ५ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हन्। उनी ५६ रनमा अभिशेख तिवारीको बलमा विकेटकिपर अनिल साहबाट क्याच आउट भए। इमरानले लोकेशसँग दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरे।
यसअघि मोइन अलिले इनिङ्सकै पहिलो ओभरमा शेहन जयसूर्यालाई एक रनमा आउट गराएका थिए ।
विराटनगर र जनकपुरको यो आआफ्नो चौथो खेल हो। जनकपुरको चार अंक छ भने विराटनगरको २ अंक छ।
प्रकाशित: १७ कार्तिक २०८३ १३:५८ मंगलबार





