तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित टियू मैदानमा भर्खर सम्पन्न टस जितेर काठमान्डुका कप्तान करण केसीले पहिले बलिङ रोजेका छन्। यससँगै सुदूरपश्चिम ब्याटिङमा उत्रदै छ।
काठमान्डु र सुदूरपश्चिम समान ८ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन्। आजको खेलमा जुन टोलीले जितेपनि १० अंकसहित तालिकाको शीर्ष स्थानमा पुग्दै प्लेअफमा स्थान बनाउनेछन्।
सुदूरपश्चिम आज लिग चरणको आफ्नो अन्तिम खेल खेल्दैछ। आजको खेलमा काठमान्डु विजयी भएमा सुदूरपश्चिमले प्ले अफका लागि अन्य खेलको नतिजा पर्खनुपर्ने हुन्छ। काठमान्डुको भने अर्को एक खेल बाँकी छ।
यस्तो छ दुबै टोलीको प्लेइङ ११ :


प्रकाशित: २७ कार्तिक २०८३ १२:०९ शुक्रबार





