१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

‘डिशहोम गो’ एपबाट एनपीएल हेर्न सकिने, ३ सय रुपैयाँ शुल्क लाग्ने

‘डिशहोम गो’ ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको लागि ‘ओटिटी’ अधिकार प्राप्त गरेको छ।

बिहीबार क्रिकेट एसोसिएसन नेपाल (क्यान) ले ‘डिशहोम गो’ लाई एनपीएलको डिटिजल ओटीटी स्ट्रिम पार्टनर बनाएको हो। यो सँगै विश्वभर छरिएर रहेका क्रिकेटप्रेमीहरूले अब डिशहोम गो मोबाइल एपमार्फत एनपीएलका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण उच्च गुणस्तरमा हेर्न पाउने छन्।

क्यानले ४ नोभेम्बरमै भारत बाहेकका सबै देशहरूमा एनपीएल प्रसारणका लागि ओटीटी प्लेटफर्ममार्फत एक्सक्लुसिभ अधिकार बिक्री गर्न टेन्डर खुलाएको थियो। जसमा डिशहोम गो एप छनोट भएको हो।

कम्पनीले विभिन्न क्षेत्रका दर्शकहरूलाई ध्यानमा राख्दै मूल्य निर्धारण गरेको छ। जसअनुसार नेपालभित्र ३००, मध्यपूर्वका देशहरूमा ५०० र विश्वका अन्य सबै देशहरूमा १० अमेरिकी डलर शुल्क राखिएको छ।

डिशहोमले यो सेवालाई अझ सहज र व्यापक बनाउँदै घरमा डिशहोमको कनेक्सन नभएका प्रयोगकर्ताहरूले पनि डिशहोम गो एप प्रयोग गर्न सक्ने स्पष्ट पारेको छ।

कुनै पनि क्रिकेटप्रेमीले आफ्नो मोबाइलमा एप डाउनलोड गरी तोकिएको शुल्क तिरेर एनपीएलको मजा लिन सक्नेछन्।

प्रकाशित: २७ कार्तिक २०८२ १७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App