२३ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

नवनियुक्त राखेप उपाध्यक्ष श्रेष्ठ भन्छन्: खेलकुद क्षेत्रको विकासलाई सबै एकजुट बनौं

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपरसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठले खेलमैदानबाट खेलकुद क्षेत्रको विकास गर्ने स्थानमा पुग्दा थप जिम्मेवारीवोध महसुस भएको बताएका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा स्वागत तथा पदभार ग्रहण कार्यक्रमका अवसरमा नवनियुक्त उपाध्यक्ष श्रेष्ठले खेलमैदानमा खेल्दै यसै क्षेत्रको विकासका लागि काम गर्न पाउनु ठूलो अवसर रहेको बताएका हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर श्रेष्ठले विगत दुई दशकदेखि खेलकुदमा रहेर देशको प्रतिनिधित्व गर्ने शौभाग्यपछि यसै क्षेत्रको विकासमा काम गर्न यो जिम्मेवारी दिएकोमा सरकारलाई धन्यवाद र आभार व्यक्त गरे । यो पदमा रहँदा सम्पूर्ण खेलकुद संघसँग समन्वयन गरी खेल विकासका लागि नेपाल सरकारसँग सहकार्य गरी अगाडि बढ्ने उनको विश्वास छ ।  

खेल मैदानबाट खेल विकासमा आउँदा धेरै खुसी रहेको र आफूले गर्नुपर्ने काम पनि धेरै रहेको उपाध्यक्ष श्रेष्ठले बताएका छन् । उपाध्यक्ष श्रेष्ठले समग्र खेलविकासका लागि लागि पर्ने र त्यो सबै सरोकार पक्ष एकभएर मात्र सम्भव हुने विश्वास व्यक्त गरेका छन् । सबै एक भएर नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा उनको जोड थियो ।

नेपाल सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धि विशेष व्यवस्था अध्यादेश २०८३ जारी गरेपछि एकैपल्ट एक हजार चार सय ९४ जना पदाधकारी एकमुष्ट पदमुक्त भएका थिए । यससँगै राखेपको कार्यकारी समितिसहित बोर्ड नै रिक्त भएको थियो । सोही पदमा बुधबार मात्र शिक्षा तथा खेलकुद मन्त्रालयले उपाध्यक्षमा विशाल श्रेष्ठसहित चार जना बोर्ड सदस्य नियुक्त गर्‍यो । चार सदस्यमा पूर्वक्रिकेटर शक्ति गौचन, बुद्धिचालकी पूर्वराष्ट्रिय च्याम्पियन मोनालिसा खुम्बु, टेबल टेनिसकी सिक्का सुवाल र जेनजी प्रदर्शनका क्रममा घाइते भएका पवन शाहीलाई राखेपको बोर्ड सदस्य नियुक्त भएका हुन् ।  

उक्त नवनियुक्त पदाधिकारी र सदस्यले बिहीबार त्रिपुरेश्वरस्थित राखेपमा कार्यालयमा पदभार समालेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव रामचरित्र मेहता र कर्मचारीहरू बधाई दिँदै स्वागत गरेका थिए । सदस्यसचिव मेहताले विशेष घडीमा र अवस्थामा नयाँ पदाधिकारीको आगमन भएकाले खेलकुदको गरिमा बढाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले खेलकुदमा धेरै राम्रो छ भन्ने वातावरण सिर्जना गर्न सरकार लागिरहेकाले त्यसमा नयाँ पदाधिकारीले राम्रो काम गर्ने आशा व्यक्त गरेका छन् । खेलकुदका समस्यालाई समाधान गर्न मन्त्रालयले पनि ध्यान दिएको उनी बताउँछन् । खेललाई व्यावसायिक बनाउन नजनियुक्त पदाधिकारी भूमिका महत्त्वपूर्ण रहेको उनले बताएका छन् । अहिले खेलकुदमा देखिएको समस्या हटाउँदै लैजाने प्रयासमा खेलकुद परिषद् रहेको उनको भनाइ छ ।

पूर्वराष्ट्रिय खेलाडी विशाल श्रेष्ठले बिहीबार राखेपको उपाध्यक्षमा नियुक्त भएसँगै सामाजिक सञ्जालमार्फत व्यावसायिक फुटबल करियरबाट संन्यास घोषणा गरेका थिए । पछिल्लो समय उनी मच्छिन्द्र क्लबबट खेल्दै आएका थिए । उनले उक्त जानकारी दिएका हुन् । उनले ७ पुस २०८० सालमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका थिए ।  ३३ वर्षे विशालले मनाङ मस्र्याङ्दी, नेपाल पुलिस र मच्छिन्द्रबाट घरेलु लिग खेलिसकेका छन् । बुटबल लुम्बिनी एफसी र एफसी चितवनबाट उनले नेपाल सुपर लिग (एनएसएल) खेलेका छन् ।

प्रकाशित: २८ जेष्ठ २०८३ १६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App